पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।
एपीएफको जितमा नेरी थापाले उत्कृष्ट बलिङ सहित अलराउण्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा १२ रन बनाउँदा बलिङमा ३ विकेट लिइन् । नेरीले कसिलो बलिङ गर्दा १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । मधेशका लागि कप्तान कविता गौतम र सरस्वती कुमारीले समान १३ रन बनाए ।
लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।