• फाल्गुन २६ २०८२, मंगलवार

मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघ्यो

आश्विन २७ २०७९, बिहीबार

काठमाडौं  ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको बताएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ। अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ।