• आश्विन १४ २०८१, सोमबार

धर्मोदय सभाको कार्यसमिति दोस्रो बैठक सम्पन्न

आश्विन २६ २०७९, बुधबार

काठमाडौं। धर्मोदय सभाले केन्द्रीय कार्य समितिको दोस्रो बैठक सम्पन्न भएको छ । बुधबार भृकुटी मण्डपस्थित धर्मोदय सभाको केन्द्रीय कार्यलयमा विभिन्न पदमा सदस्य चयन गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको संयोजक्त्वमा महासचिव सागरमान बज्राचार्य र सचिव अशोकानन्द बज्रचार्यले गरेका थिए ।

बैठकद्वारा आजीवन सदस्यहरुलाई विभिन्न पदमा मनोनयन गरियो । कार्यक्रममा भिक्षु द्यम्मशोभन महास्थवीरलाई धर्मोदय सभाको अध्ययक्षमा चयन गरिएको थियो भने भिक्षु निग्रोधलाई सदस्यमा मनोनित गरिएको थियो ।
सोहि क्रममा (YMBA, Buddhist Association ) का प्रतिनिधि तेज बज्राचार्य संस्थापक सदस्यमा मनोनित भएका छन् । त्यसैगरी महिला बौद्ध संघकीे मिरा ज्योति संस्थागत सदस्यमा चयन भएकी छिन् ।

कार्यक्रममा उपाध्यक्ष इन्द्रबहादुर गुरुङ्ग, पद्मज्योति, सुचित्रमान शाक्य, त्रिरत्न तुलाधर, डा. केशवमान शाक्य, नरबहादुर गुरुङ्ग र प्रेमहिरा तुलाधर पनि उपस्थित थिए । नेपालको पहिलो धार्मिक संस्था धर्मोदय सभा सन् १९४५ नोबेम्बर ३० मा स्थापना भएको हो ।

हाल धर्मोदय सभाका ५६ शाखा देशभरी स्थापना भएका छन् ।