• मंसिर ११ २०८१, मंगलवार

मेयर वालेनको नियतमाथि खनिएको नियति

आश्विन २४ २०७९, सोमबार

काठमाडौंका मेयर बालेन साहले प्रारम्भमै सामान्य विवादमा आउने कार्य गरे । ¥यापर यम बुद्धको सालिक महानगरको बजेटबाट निर्माण गर्न प्रस्ताव गरे । जनताले ठूलो अपेक्षा गरिराखेका बखत यस प्रकारको विवादित र सबैले स्वीकार गर्न नसक्ने कार्यक्रम जनताले तिरेको करको विनियोजनबाट गर्न प्रस्ताव नगर्नु पर्थ्यो ।

यद्यपि, उनले उक्त कार्यक्रमका लागि आवश्यक बजेट आफ्नै निजी खर्चबाट गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । जनताको विरोधपश्चात् यो प्रतिबद्धता आएको थियो । यस प्रकार बजेट खर्च गर्न खोजिँदा उनको असलियत पनि दलका नेताहरूकै सरह हुने आलोचना हुनथालेका छन् । युवा मेयरको यो कदमलाई अपरिपक्वताका हिसाबले मतदाताहरूले ग्रहण गरिराखेका छन् ।

दोस्रो, निर्णय उनले आप्mनो निर्वाचन अभियानमा लामो समयदेखि सहयोग र प्रचारप्रसार गर्दै आएको एक सञ्चार माध्यमलाई अनुदान दिने गलत निर्णय गर्नु हो । मतदाताहरूले यसलाई सकारात्मक रूपमा लिएका छैनन् । तेस्रो, कुनैको जग्गा प्रकरणसमेतलाई लिएर माधव नेपाल, राष्ट्रपति र प्रचण्डसमेतलाई सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् ।

राजधानीका मेयरले यस प्रकार सम्पूर्ण दलका नेतालाई क्रमशः टिका टिप्पणी गर्दै सम्बन्ध बिगार्नु उपयुक्त हुँदैन । किनकि, महानगरका सम्पूर्ण समस्या समाधानमा सबै दल र संघीय एवं प्रान्तीय सरकारलगायत समानान्तर सकारसँग हातेमालो गरेर अघि बढ्नु बुद्धिमानी हुन्छ ।

राम्रा कार्यहरूमा असहयोग भएमा मात्र त्यस्ता विषयको उजागर र सम्प्रेषण गर्दै नागरिकलाई सुसूचित गराउन सक्नु पथ्र्यो । अदालतले दिएको आदेशका सन्दर्भमा पनि अवैध संरचना हटाउने र नक्सा पारित गर्ने कार्य र अधिकारसमेत अदालतलाई दिनु उपयुक्त हुने कडा जबाफ फर्काउने गरेका छन् ।

यसका साथै, विद्युत् प्राधिकरण, वीर अस्पताललगायतका निकायसँग भएका जबाफसमेतलाई लिएर बौद्धिक जगत् अलमलमा पर्दै छ । आफ्ना कार्यहरू सम्पादन गरेर कम प्रतिक्रिया दिँदा उपयुक्त हुने उनीहरूको अभिव्यक्ति आइराखेका छन् ।

यी कदम उनको कार्यकालको प्रारम्भमा नै केही हदसम्म नकारात्मक प्रभाव पार्न भूमिका निर्वाह गर्ने खालका देखिएका हुन् । बालेन मात्र होइन, उनका सहयोगी, सल्लाहकार र नजिक रहेका शुभचिन्तकलाई नै कमजोर प्रमाणित गर्न यो कदमले केही हदसम्म भूमिका निर्वाह गरेको छ । यस प्रकारका गलत निर्णय नगरेका भए उनको प्रभाव जनस्तरमा अत्यन्त राम्रो हुने थियो ।

वालेन विजयोन्मुख हुँदै गर्दा राजधानी सहर फोहोरले दुर्गन्धित भइराखेको थियो । नयाँ मेयरलाई मतगणना हुँदै गर्दा फोहोरको व्यवस्थापनले चुनौती दिँदै आएको थियो । विजयी भएपश्चात् फोहोरमैला व्यवस्थापन नगरी माला, पूmल, खादा केही ग्रहण नगर्ने उद्घोष उनबाट आइरहँदा यसले राजधानीवासीलाई थप उत्साहित बनाएको थियो ।

सबैभन्दा पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई दिई समस्याको अस्थायी समाधान गरेर स्थायी समाधानतर्फ उन्मुख हुनुलाई उनको कार्यकालको शुभारम्भ जनताको पक्षमा भएकोमा कुनै सन्देह थिएन । यसले आफ्नो कोर्ष र गति लिनेछ ।

दोस्रो कार्य अवैध र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचनाको छानबिन र अन्वेषण गर्दै कारबाहीको प्रारम्भ हुन पुग्नु हो । यस क्रममा प्रारम्भमै मेयरलाई नर्भिक अस्पतालको अवैध संरचना हटाउने क्रममा उदार बन्दै केही समय प्रदान गर्दा असफलता हात लाग्न पुगेको हो ।

उनले दिएको समय सीमाभित्र संरचना हटाउनेभन्दा पनि अदालतबाट आदेश ल्याई नर्भिक अस्पतालको व्यवस्थापन निश्चिन्त बनेको छ । अन्य स्थानसरहको कारबाही यस अस्पतालमा पनि गर्न सफल भएको भए यसबाट सानातिना अवैध र अतिक्रमित संरचना स्वतः सुधार हुने गुञ्जायस रहने थियो ।

किनकि, सत्तारूढ दलसँग नजिक रहेको समूहबाट सञ्चालित अस्पताललाई कारबाही गर्न सफल हुँदा यसको प्रभाव जनस्तरमा अत्यन्त सकारात्मक पर्ने थियो । तर पनि, यससम्बन्धी बालेनको प्रयासलाई सकारात्मक रूपमै मतदाताहरूले लिएका छन् ।

अवैध संरचना र सार्वजनिक सम्पत्ति अतिक्रमण गर्नेउपरको कारबाहीले निरन्तरता प्राप्त गरिराखेको छ । धेरैवटा अवैध संरचना भत्काइएका छन् । नक्सा नबनाई निर्माण भएका सम्पूर्ण संरचनालाई ९० दिनको म्याद दिई नियमित गर्न अनुरोध गरिएको सूचना सम्प्रेषण भएको छ ।

यस म्यादभित्र करिब ८ लाख नक्सा नियमित गराउन पेस हँुदै गरेको अनुमान छ । यसबाट अवैध र सार्वजनिक जग्गामा बनेका संरचनाको नक्सा व्यक्तिको नाममा पास हुने छैनन् । सार्वजनिक सम्पत्ति अतिक्रमित गरी बनाइएका संरचना स्वतः सरकारको नियन्त्रणमा आउनेछन् । महानगरपालिकाले राम्रो आम्दानी गर्नेछ । उक्त स्रोत साधनको उपयोग नगरको सुधारमा हुनेछ ।

नक्सा पास नगरी व्यक्तिले तयार पारेका संरचना हटाउने सन्दर्भमा सार्वजनिक सम्पत्तिको अतिक्रमणकारीहरूलाई माया भएको भनिरहँदा मेयर बालेनले सरकारी सम्पत्तिको हामीलाई पनि धेरै माया छ भन्नु अत्यन्त स्वागतयोग्य रूपमा नगरवासीले ग्रहण गरेका छन् । मेयरका हालसम्मका कदम स्वागतयोग्य हुँदै गर्दा उनका लागि ठूला चुनौती देखिएका छन् । उनको सबैभन्दा ठूलो शक्ति भनेकै युवा मतदाता हुन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा विजयी मेयरको राजनीतिक दलहरूको सरह उनको संगठन र सञ्जाल हुने अवस्था रहँदैन । काठमाडौंजस्तो महत्वपूर्ण सहरका मतदाताले दलका उम्मेदवारलाई परास्त गरिदिँदा दलहरूलाई ठूलो धक्का महसुस भएको छ ।

स्वतन्त्र उम्मेदवार मेयर बन्नु उनीहरूका लागि सुपाच्य हुनसकेको छैन । बालेनले आफ्नै राम्रा कार्यद्वारा उनीहरूलाई उचित स्थानमा राख्न सक्नु पर्छ । उनी चुकेको अवस्थामा दलहरूले सहजै असहयोग गर्नेछन् ।

जनताको पक्षमा मुखरित हुन नसकेका दलहरूका क्रियाकलापले यही सन्दर्भलाई इंगित गरिराखेको छ । निर्वाचनको संघारमा रहँदै गर्दा आसन्न निर्वाचन प्रभावित हुने भएकाले दलहरू बालेनको भत्सर्नाका लागि खुल्न सकेका छैनन् । यद्यपि, केही नेता शारीरिक आक्रमणमै उत्रिने, कुनै नेता राजीनामा माग्ने, दलबाट निर्वाचित भएका वडा अध्यक्षहरू बेलाबखत बालेनलाई घेराबन्दी गर्नसमेत तयार रहेका सूचनाहरू सम्प्रेषण भइराखेका छन् ।

दल र सबै प्रकारका सरकारहरूको सहयोगको अभावमा मेयरलेसफलता प्राप्त गर्न सक्दैनन् । बालेनलगायत स्वतन्त्र हैसियतमा निर्वाचन जित्नेहरूले राम्रो कार्य गर्दा संघीय र प्रान्तीय निर्वाचनमा स्वतन्त्रहरू विजयी हुन सक्ने सम्भावना रहन्छ ।

यस परिस्थिति बन्दै गर्दा दलहरूका उम्मेदवारहरू त्रसित हुँदै गएका छन् । हाल गरिँदै आएका कार्यहरूजस्तै सार्वजनिक सम्पत्ति अतिक्रमण रोक्ने, सरकारले सार्वजनिक सम्पत्ति नियन्त्रणमा लिने, जुन संरचना जेजस्तो प्रयोजनका लागि स्वीकृति लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, सडक मिचेर बनाइएको, भिन्न प्रयोजनमा उपयोग गरिएका, सार्वजनिक जमिनमा निर्माण गरिएका संरचनाहरू भत्काउनेजस्ता कार्यलाई सिद्धान्ततः दलहरूले सार्वजनिक रूपमा विरोध गर्ने साहस गर्न सकेका छैनन् । सर्वसाधारण नागरिकलाई यी कदम स्वागतयोग्य लागेकाले मेयरले समर्थन पाइराखेका छन् ।

भृकुटी मण्डपको फन पार्कले सत्ताकै आडमा लामो समयदेखि राजस्व नतिरी बसेकोमा सो रकम एकमुष्ट असुल गर्नमेयर सफल भएका छन् । यी मेयरका हालसम्मका सकारात्मक र नकारात्मक पाटा हुन् । उनलाई जनताको इमानदार प्रतिनिधिका रूपमा सफल बनाउन नगरवासीले सहयोग गर्नुपर्ने अवस्था छ ।

यसका लागि सर्वप्रथम व्यक्तिका जग्गामा बनेका संरचनाहरू भत्काउने कार्यलाई प्राथमिकतामा राखिनु हुन्न । व्यक्तिगत सम्पत्तिमा बनेका तर नक्सा पास नभएका र नक्सा पासविपरीत बनेका संरचनालाई नभत्काई उक्त व्यक्तिलाई नगरबाट प्रदान गरिने सुविधा वञ्चित गराउनेगरी कालोसूचीमा राख्न सकिन्छ ।

यस्तो अवस्थामा दबाब सिर्जना गर्ने परिस्थिति निर्माण गर्नुपर्छ । यसका लागि सोही प्रकारले प्रत्येक वडामा बालेन सञ्जाल बनाई त्यसलाई क्रियाशील बनाउनु जरुरी हुन्छ ।