• मंसिर १३ २०८१, बिहीबार

डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु

आश्विन २२ २०७९, शनिबार

काठमाडौं । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोपले नेपालमा हालसम्म डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।