काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२८ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३१ पैसा र बिक्री दर १४७ रुपैयाँ ९८ पैसा राष्ट्र बैंकले जनाएको छ।