काठमाडौं । पछिल्लो समय वाई-फाई इन्टरनेटको प्रयोग तीब्र भएको छ । घर, कार्यलय, सार्वजनिक स्थान जहाँ पनि वाई फाई उपलब्ध छ । आजकल प्राय सबैको घरमा वाईफाई जडान गरिएको हुन सक्छ । घरमा कुनै पाहुना आउँदा अहिले शुरुमै पासवर्ड खोज्ने परिपाटी नै बनिसकेको छ ।
हामी आफ्नो मोबाइल फोन, ल्याबटपको विशेष ख्याल गर्छौ तर हामीले चलाउने राउटरको त्यति ख्याल गरेको पाइदैन । तपाईँको घरबाट इन्टरनेटमा जाने ट्राफिक सबै त्यही सानो डिभाइसबाट गएको हुन्छ । यस कारण हाम्रो राउटरलाई सुरक्षित राख्नुपर्ने हुन्छ । अन्य व्यक्तिबाट
राउटरलाई अरु व्यक्तिबाट सुरक्षित राख्न के गर्ने त ?
तपाईले अरु व्यक्तिबाट राउटरलाई सुरक्षित बनाउनका लागि गेस्ट मोड राख्दा पुग्छ । यसले तपाईँको मुख्य नेटवर्कबाट फरक एसएसआईडी (सर्भिस सेट आइडेन्टिफायर) बनाउने गर्छ । जसमा छुट्टै वाई-फाई नेम, पासवर्ड र ट्राफिक तयार हुन्छ ।
वाइफाईमा कसरी बनाउने गस्ट मोड ?
गेस्ट मोडेलमा छुट्टै पासवर्ड र सेटिङ हुने गर्छ । यो मोड विशेषगरी एकपटक बनाएर अर्को पटक हटाइने गरी तयार पारिएको हुन्छ ।
त्यसका लागि सबैभन्दा पहिले वाई-फाईको एड्मिन पेजमा जानुहोस् । एड्मिन पेजमा गइसकेपछि त्यहाँ गेस्ट मोडको अप्सन हुन्छ । त्यसमा गएर वाई-फाईको नाम र पासवर्ड राख्नु पर्ने हुन्छ । त्यसपछि उक्त वाई-फाईको नाम बाहिर देखिन्छ । त्यसलाई डिलिट गरेको खण्डमा सो पासवर्डबाट कनेक्ट गरेको व्यक्तिको वाई-फाई स्वतः डिसकनेक्ट हुन्छ ।
छुट्टै नेटवर्क नेम र पासवर्ड हुनु भनेको तपाईँले आफ्नो घरमा आएका पाहुनालाई मुख्य नेटवर्कको विवरण नदिनु हो । यसो गर्दा तपाईँले आफ्नो मुख्य वाई-फाईको कुनै चिन्ता लिइरहन पर्दैन ।