• मंसिर १५ २०८१, शनिबार

यस्तो छ आज मंगलबारको विदेशी मुद्राको विनिमय दर

आश्विन १८ २०७९, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।