छोराछोरीलाई ठूलो लगानी गरेर पढायो, लेखायो भनियो शिक्षित गराइयो । तर यथार्थमा न त उसमा घरायसी कामकाज गर्ने ज्ञान वा सीप नै आर्जन हुन गयो, न त खेती किसानी, पशुपालन वा अन्य कुनै उद्यम गर्न सक्ने क्षमता विकास हुनसक्यो !
यो सबै अभिभावकको पीडा हो । अकाट्य भोगाइ पनि । पढे लेखको शिक्षितहरूमा देश प्रेम र स्वाभिमान पनि कमजोर बन्दै गएको भन्नेहरू पनि छन् । ‘जननी जन्मभूमिश्च श्वर्गादपि गरीयसी’को भावना कमजोर बन्दै गएको स्थिति छ ।
स्वदेशमा नै आर्थिक उन्नतिगर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न सक्नु शिक्षाको आर्थिक कार्य हो । शिक्षालाई पेसामैत्री वा व्यवसायिक बनाउनु पर्नेमा सर्वत्र आवाजहरू उठ्ने गरेका छन् ।
देशका विश्वविद्यालयहरूमा उच्चशिक्षा हासिल गरे पछि विदेश पलायन हुनपर्ने वाध्यता छ । ब्रेनडे«न व्याप्त छ । विदेसिनु रहर होइन, बाध्यता हो भन्ने प्रमाणपत्रधारीहरूको कथन छ । गुनासो छ ।
सिद्धान्तका ठेलीहरू कण्ठ गरेर प्राप्त श्रेणीगत प्रमाणपत्रहरूले व्यबहारिक ज्ञान एवं व्यबसायिक सीप दिन नसकेकाले ब्रेन्डे«न्को अवस्था आएको हो । यस कार्यमा शिक्षा असफल छ ।
शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन एवं उपयोग गर्नसक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न सकेको छैन । कृषि, पशुपालन, उद्योग, व्यापार लगायतका क्षेत्रलाई आयआर्जन गर्नसक्ने भरपर्दो पेसा बनाउन सकेको छैन ।
शिक्षितवर्ग आत्मनिर्भर बन्न सकेको छैन । यसरी हेर्दा हाम्रो शिक्षा व्यबहारिक देखिदैन । जीवनउपयोगी छैन । सिद्धान्तका गफगर्ने कला आर्जन गर्नु मात्र शिक्षाको काम होइन । शिक्षा वैज्ञानिक, व्यबहारिक, पैसामैत्री एवं जीवन उपयोगी हुनु पर्दछ ।
त्यसो त हाम्रो शिक्षा प्रणालीलाई समय सापेक्ष, व्यबहारिक र उद्यामसील बनाउनको लागि राज्यले प्रयास नै नगरेको भने होइन । राज्यले विभिन्न कालखण्डहरूमा शिक्षा आयोगहरू निमार्ण गरेर प्रतिवेदनहरू लेखाउने काम गर्यो ।
यस बर्ष पनि शिक्षाको गुणस्तरको लागि १५ बर्षिय सोंच पत्र निर्माण गरेको छ । सरकारको दृष्टिकोण र कार्यशैली हेर्दा यो सोंच पत्र पनि कर्मकाण्ड कै रूपमा मन्त्रालयमा गफ गर्ने मसला हुने देखिन्छ । किनभने हाम्रो शिक्षा क्षेत्रलाई निर्देशन गर्ने निति नभएर होइन ।
राज्य र यसका निकायहरूको कार्यशैलीका कारण शिक्षाको शाख घटेको हो । यसभन्दा अगाडिका शिक्षा आयोगका प्रतिवेदनहरूमा लेखिएका व्यबहारिक कुराहरू पनि लागु हुन सकेनन् ।
शिक्षालाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु अव्यबहारिक हुन्छ । यस्तै भइरहेको छ । व्यबहारिक शिक्षाको कुरा गर्दा नागरिकहरूमा आचरण निर्माणको पक्ष अत्यन्त महत्वपूर्ण ठानिन्छ ।
शिक्षाले व्यक्तिमा आत्मानुभूति, अन्तरनिहित क्षमताको विकास, लोकतान्त्रिक आचरणको अभ्यास एवं भाषिक सीपको विकास वाञ्छनीय ठानिन्छ । शिक्षाको व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय उद्देस्यहरू हुन्छन् ।
आजको विद्यार्थीले भोलिको जीवनलाई तयार गर्नेव्रmममा आवस्यक पर्ने बहुआयामिक विषयवस्तुको ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । समयानुसार आपूmलाई समायोजन गर्न सक्ने क्षमताको विकास गर्नु नै व्यबहारिक शिक्षाको एउटा पाटो हो ।
सामाजिक कार्यको कुरा गर्दा समाजलाई योगदान दिनु हो । आज शिक्षितहरू विदेसीएका छन् । परम्पराको साक्षात्कार गराउनुको अर्थ आप्mनो देश, समाज, भाषा, संस्कृतिको विकास, संरक्षण र सम्बर्धन गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्नु हो । यसो हुन सकेको छैन ।
समाजमा नयाँ पुस्ता पाश्चात्य संस्कृतिमा रमाउने गरेको छ । देखासिखी गरेको छ । यसरी हेर्दा शिक्षाले परम्पाराको आत्मसाक्षात्कार गर्न सकेको देखिदैन ।
शिक्षितहरूमा सर्वाङ्गीण विकास भएको छ त ? अर्थात् उनीहरूले जीवनमा आवस्यक ज्ञान एवं सीप हासिल गर्न सकेका छन् त ? विद्यार्थीहरूलाई भविष्यका लागि तयार गरिएको छ त ? उल्लेखित प्रश्नहरूको जवाफ खोज्ने वेला आएको छ ।
आचरण निर्माणको दृष्टिकोणबाट मूल्याकन गर्दा शिक्षा कमजोर देखिन्छ । श्रवण कुमारले आप्mना अन्धा वुवाआमाहरूलाई बोकेर तीर्थयात्रा लगेको कथा पढाएर विद्यार्थीहरूले के सिके ? उनीहरूको व्यबहारमा के परिवर्तन भयो ?
अर्थात् विद्यार्थीहरूकोे आचरण र अभ्यासमा के देखिन्छ ? भन्ने अर्थमा सिकाईको उपलव्धि हुन्छ । आज समाजमा आपूmलाई जन्मदिने बुबाआमाहरू शिक्षित सन्तितहरूबाट नै पीडित छन् ।
बुढेसकालमा सन्तानको साहारा नपाउने जेष्ठ नागरिकहरूको संख्या बढ्दैछ । यसैगरी शिक्षा दिने गुरूको आदेश र उपदेशलाई शिरोधार्य गर्ने विद्यार्थीहरू भेटाउन गाह्रो भइसकेको छ ।
विश्वविद्यालयहरूमा गुरूजनहरूलाई कार्यालयमा थुन्ने र थुनाउने जस्ता कार्यहरू हुने गरेका छन् । हरेक शिक्षितहरूमा ठूलालाइ इज्जत, सानोलाई माया, सहिष्णु व्यबहार, लोककल्याणकारी कर्म कमजोर बन्दै छ ।
समाजमा चोरी डकंैति, सम्बन्ध विच्छेद, भ्रष्टचार, हिंसा, बलात्कार, दुव्र्यसन, अपराधीकरण, सांस्कृतिक विचलन जस्ता समस्याहरू बढि रहेको अवस्था छ । नैतिकता, इमानदारीता, लोककल्याणकारी चिन्तन, सकारात्मक साेंच, परोपकार, सामाजिक सद्भाव जस्ता मानवीय गुणहरू हराउँदै गएको अवस्था छ ।
समाजले सज्जन, कल्याणकारी र अरूको हित चिताउने व्यक्ति भेटाउन ग्राह्रो हुँदै छ । समाजमा झैझगडा, वेमेल, द्वन्द्व बढ्दो छ । व्यबहार निर्माणको दृष्किोणबाट हेर्दा राज्यले कस्ता शिक्षित नागरिकहरू उत्पादन गररिहेको छ भन्ने कुरा चोटिलो बनेको छ ।