• फाल्गुन २६ २०८२, मंगलवार

इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु

आश्विन १६ २०७९, आईतवार

एजेन्सी  ।  इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको छ । उक्त हिंसामा १८० जना घाइते भएका छन्।

पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

खेलपछि हार्ने टोलीको समर्थक मैदानमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। जसका कारण निसास्सीएर धेरैको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीको खबरमा उल्लेख छ।

मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन्। इन्डोनेसियाको फुटबल एसोसिएसन (पिएसएसआई)ले घटनाको अनुसन्धान गर्ने बताएको छ। घटनापछि बीआरआई लिग एक हप्ताको लागि स्थगित भएको छ।