• मंसिर १५ २०८१, शनिबार

आज शनिबारको विदेशी मुद्राको विनिमय दर यस्तो

आश्विन १५ २०७९, शनिबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।