काठमाडौं । दशैंको बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगु परीक्षण बन्द गर्ने भएको छ ।
देशैभर डेंगुको प्रकोप बढिरहेका बेला काठमाडौं उपत्यकामा समेत डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले परीक्षण बन्द गर्ने भएको हो ।
आइतबारदेखि असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ ।