• फाल्गुन २६ २०८२, मंगलवार

सब भन्दा धेरै हतियार भएको स्थानमा पुगिन् कमला ह्यारीस

आश्विन १३ २०७९, बिहीबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आज उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना (डिमिलिटराईज जोन) जाँदैछिन् । यी दुई मुलुकबीच तनाव बढेको समयमा ह्यारिसको भ्रमण हुन लागेको छ । केही दिनअघि मात्र उत्तर कोरियाले पाँच वर्षपछि दक्षिण तथा अमेरिकाबीच हुन लागेको नौसैनिक अभ्यासले ‘द्वन्द सिर्जना’ गर्ने जोखिम बढाउने चेतावनी दिएको थियो ।

ह्यारिस विश्वकै सबैभन्दा ठूलो सैन्य उपस्थिति रहने डिमिलिटराईजको दक्षिणी भागमा जानेछिन् र उनी सन् २०१९ मा तत्कालिन राष्ट्रपति ट्रम्प उनका उत्तर कोरियाली समकक्षी किम जोङ उनसँग उक्त क्षेत्रमा गएपछि सो क्षेत्र पुग्ने सबैभन्दा ठूलो अमेरिकी नेता हुनेछिन् ।

ह्यारिस त्यहाँ गएर सन् १९५०-५३ मा भएको कोरियाली युद्धमा मारिएका लाखौं अमेरिकी तथा कोरियाली सैनिकको ‘बलिदान’ को स्मरण गर्नेछिन् । निक्कै हिंस्रक रहेको सो तीन वर्षे युद्ध अन्त्य गर्ने खालको हालसम्म कुनै सम्झौता भएको छैन । दुई मुलुकबीच युद्ध विरामको सहमति मात्र भएर युद्ध थामिएको स्थिति छ ।

उत्तर कोरियाले यो वर्ष हालसम्मकै सबैभन्दा धेरै संख्यामा हतियार परिक्षण गर्यो । ती परीक्षण श्रृङ्खलामा उसले सन् २०१७ पछि पहिलो पटक अन्तर-महादेशीय ब्यालेष्टिक मिसलाईल पनि परीक्षण गर्यो । उत्तर कोरियाले थप उन्नत हतियार विकास गर्ने संकेत गरेको छ । आइतबार उसले छोटो दुरीको ब्यालेष्टिक मिसाइलको परीक्षण उडान गर्यो । सो परिक्षण अमेरिकी र दक्षिण कोरियाली फौजबीच युद्धअभ्यास सुरु हुनुभन्दा एक दिनअघि भएको थियो ।
मंगलबार सिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन टोकियोमा रहेकी ह्यारिस बुधबार दक्षिण कोरिया पुगेकी थिइन् ।