काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार एक सय र चाँदीको मूल्य १ हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय र तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।