काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व बडादशैं नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ।
सरकारले आज मंगलबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो। पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ।
परीक्षणका लागि ५० जना पशु चिकित्सकको टोली खटिनेछ। परीक्षण कलंकी, टुकुचा, चन्द्रागिरी, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा हुनेछ।