चाडवाडको अवसर भनेको खानामा अनियमितता नै बढी देखिन्छ । पर्व भनेको खानकै लागि हो भन्ने नेपाली मान्यता रहिआएको छ । यसले केही दिन भए पनि जीवनशैलीमा समेत अनियमितता ल्याउने गर्छ ।
खानाका परिकार चिल्लो, पीरो, मसिनो, बोसोयुक्त, मदिरायुक्त तथा कक्टेल प्रकृतिको हुँदा यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ । खाना समग्रमा अस्वस्थकर नै हुन्छ । साथै, अनिमित पनि ।
घरमा पाहुना, साथीभाइ, इष्टमित्र, तथा छिमेकको घुइँचो लाग्छ । निद्रा कम परिरहेको हुन्छ । खानामा ‘कुट्याम’ परिरहेको हुन्छ । बिहान उठ्ने र व्यायाम गर्ने कुरा एकादेशको कथा बनिसक्छ ।
रातमा अबेरसम्म खाँदाबस्दा अनावश्यक बोझको महसुस हुने, तौल बढ्ने, सुतदा घुर्ने, अपच भएर उल्टी गर्ने, दिसा पिसाबमा अनियमितता आउने आदि हुन जान्छ । रक्सी र जुवाका कारण कतिपय सामाजिक सम्बन्ध डगमगाउन पुग्छ ।
धेरै मानिस त यो बेलामा अस्पताल भर्नासमेत् हुन्छन् । बिहान उठेदेखि आधा रात हुँदासम्म खानपिन, रहनसहन तथा दैनिक कार्य अनियमित भएर शरीर निकै अशकत भएको हुन्छ ।
शिक्षक, अभिभावक तथा पाहुनाहरू मदिरा सेवन गरेर तमासा देखाउँदा विद्यार्थी, छोराछोरी तथा आफन्तका बीचमा विश्वास डगमगाउँछ र गुम्छ । सामाजिक सम्बन्धमा खलल आउँछ ।
बासी मासु, तरकारी, खाना आदि खाइने हुँदा विभिन्न जीवाणुको संसर्गमा आउन पुगी अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोगव्याधीले सताउँछ । पर्वमा धुम्रपान पनि कम हुँदैन ।
समायाभाव, मद्यपान तथा भीडभाडका कारण यो बेलामा सडक दुर्घटना पनि ज्यादै हुन्छ । मानिसको काम गराइमा ठेगान हुँदैन । उता अस्वस्थ खानाको चापले युरिक एसिड, सुगर, उच्च रक्तचाप, माटोपनाजस्ता दीर्घरोग बढेर गम्भीर अवस्थामा पुगिसकेको हुन्छ । दाँत, फोक्सो र मुटु यही बेलामा बिग्रन जान्छन् ।
त्यसैले स्वास्थ्यमैत्री दसैं मनाऔं !