• मंसिर १२ २०८१, बुधबार

राप्रविसं मोरङ जिल्ला संयोजकमा सागर घिमिरे

आश्विन ९ २०७९, आईतवार

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको मोरङ जिल्ला संयोजकमा सागर घिमिरे मनोनीत भएका छन् ।

मनोनीत भएसंगै दाहाललाई यथासिघ्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी समेत प्रदान गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नं १२ घर भएका घिमिरे राप्रविसं मोरङका पुर्व संयोजक पनि हुन् । घिमिरे हाल महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययनरत छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजित संगठन समन्वय विभागका सदस्य सचिव धनसुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ जिल्ला अध्यक्ष माधव आचार्य, संगठनका सदस्य सचिव मदन शाही तथा संगठनका १ नं. प्रदेश संयोजक सुवास घिमिरे, संगठनका महाधिवेशन आयोजक समितिका सदस्य साहिल दाहाल, राप्रविसं मोरङका पुर्व अध्यक्ष चेतन खड्का लगायतको उपस्थितिमा मोरङको कञ्चनबारीमा बसेको बैठकबाट राप्रविसंका केन्द्रीय संयोजक जयप्रकाश बगालेले उनलाई मनोनयन गरेका हुन् ।