• मंसिर १२ २०८१, बुधबार

राप्रविसं झापा जिल्ला संयोजकमा चक्र फुयल मनोनीत

आश्विन ८ २०७९, शनिबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको झापा जिल्ला संयोजकमा चक्र फुयल मनोनीत भएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ३ स्थायी घर भएका फुयल राप्रविसं झापाका पूर्व सहसचिव पनि हुन । दमक मोडल क्याम्पसबाट राप्रविसंको विद्यार्थी राजनीति सुरु गरेका हुन् ।

शनिबार संयोजित संगठन समन्वय विभागका सदस्य सचिव धनसुर शाही, पार्टीका जिल्ला अध्यक्ष केशब प्रसाद ओझा, संगठनका सदस्य सचिब मदन शाही तथा संगठनका १ नं. प्रदेश संयोजक सुवास घिमिरेको उपस्थितिमा झापा जिल्ला पार्टी कार्यालयमा बसेको बैठकबाट राप्रविसंका केन्द्रीय संयोजक जयप्रकाश बगालेले उनलाइ मनोनयन गरेका हुन् ।