• चैत्र २२ २०८१, शनिबार

बाल विवाह अन्त्यका लागि ७ मननीय कुरा

आश्विन ८ २०७९, शनिबार

१. बालक ‘दुलाहा’ होइनन् र बालिका ‘दुलही’ होइनन् भन्ने मान्यता स्थापित गर्नुपर्छ ।

२. विवाह दाम्पत्य जीवनका लागि हुनुपर्छ, न कि विवाह ‘बन्धन’का लागि होस् ।

३. कन्यादानको परम्परागत मान्यता तोडिनुपर्छ ।

४. कक्षा १२ सम्मको शिक्षा निशुल्क बनाइनुपर्छ । ताकि किशोर वयका विद्यार्थीलाई कक्षा १२ सम्मको शिक्षा लिन कुनै पनि आर्थिक व्यवधान खडा नहोस् र उक्त शिक्षा लिइसकेपछि उमेर अवस्थाले पनि उनीहरू युवा अवस्थामा प्रवेश गर्न सकून् ।

५. कक्षा १२ सम्मको शिक्षा अनिवार्य बनाइनु पर्छ । यस कारणले कि कक्षा १२ सम्मको अध्ययन सक्दा विद्यार्थीको उमेर लगभग २० वर्षको हुन सकोस् ।

६. कक्षा १२ पास गरिसकेपछि मात्र वा २० वर्ष पूरा गरिसकेपछि मात्र बावुआमाको पैत्रिक सम्पत्ति हस्तान्तरण हुने प्रावधान बनाइनुपर्छ । यसले विवाहका लागि योग्य उमेर भएपछि सम्पत्ति दिने परिपाटीको विकास गरी वाल विवाह रोक्न मद्दत गर्छ ।

७. कक्षा १२ पास गरेका विद्यार्थीका लागि स्थानीय सरकारले स्वरोजगार वा रोगारका लागि आकर्षक नीति तथा कार्यक्रम ल्याउनु पर्छ । स्वरोजगार वा रोजगार पाएपछि मात्र विवाह गर्ने परिपाटीको विकास गराउनु पर्छ ।