• मंसिर १३ २०८१, बिहीबार

सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण पुष्टि भएको छ ।

जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ । १०२ वर्षका जोशीलाई कमजोर महसुस र खानामा अरुचि भएपछि स्वास्थ्य परीक्षण गरिएको थियो । उनलाई पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिएको छ ।