काठमाडौं । जापानको सहयोगमा पुनर्निर्माण गरिएको मकवानपुरको हेटौंडामा अवस्थित ज्योति माविको भवन हस्तान्तरण समारोह सम्पन्न भएको छ । सन् २०१५ को भूकम्पले विद्यालयलाई नराम्ररी क्षति पुर्याएका कारण जापानको सहयोगमा ‘आकस्मिक विद्यालय पुनर्निर्माण परियोजना’ अन्तर्गत सो विद्यालय भवन पुनर्निर्माण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको उपस्थितिमा डिल्लीराम लुइँटेल र सिएलपियुका परियोजना निर्देशक ओकुबो अकिमित्सु लगायतको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
आजसम्म भुइँचालोले भत्काएका मध्ये यो सहित २७० विद्यालय पुनर्निमाण गरिएका छन् । विद्यालयहरूको पुननिर्माणका लागि बिल्ड ब्याक बेटरको अवधारणा अन्तर्गत विद्यालयहरू पुननिर्माण गरिएका हुन् ।
बनाइएका विद्यालय भवनहरु भूकम्प प्रतिरोधी तरिकाले बनाइएका छन् । कार्यक्रममा परियोजना निर्देशक अकिमित्सुले सुरक्षित र आरामदायी विद्यालय भवन हस्तान्तरण गरेको बताए । साथै उनले सो भवनले सुरक्षित तरिकाले विद्यार्थीहरुले पढ्ने वातावरण दिनसक्ने विश्वास व्यक्त गरे ।
आफ्नो भाषणमा एच.ई.किकुटाले नेपालले पहिलोचोटी आफ्ना आठ विद्यार्थीलाई अध्ययनका लागि जापान पठाएको वार्षिकोत्सवको अवसरमा सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले सो अवसरमा दुई देशका जनताको सम्बन्धमा पनि सुमधुर पन ल्याउने विश्वास व्यक्त गरे ।