• मंसिर १२ २०८१, बुधबार

महिला अधिकार कसरी पाउने ?

आश्विन ६ २०७९, बिहीबार

नेपालको कुल जनसंख्याको आधा भाग अथवा नेपालको जनसंख्याको ५१.१५ प्रतिशत हिस्सा महिलाको जनसंख्याले ओगटेको छ । जनसंख्या धेरै भएपनि राज्यका हरेक पक्षमा उनीहरुलाई पछाडी पारिएको छ ।

नेपालका हरेक पक्षहरूमा विस्तारै विस्तारै परिवर्तन हुँदै आएको छ तर महिलामाथी गरिने विभेदमा कमि आउन सकेको छैन । परम्परागत रूपमा जातपातको विभेदका कारणले पनि महिलाको चेतनास्तरमा विकास हुन नसकेको हो । छोरीको भन्दा छोरालाई महत्व र बढी मान्यता दिइने जस्ता कारणले पनि नेपाली समाजमा महिलाको विकास हुन सकेको छैन । लैंगिक भिन्नताका कारण र स्रोतको अवसर आदीको कमिका कारणले महिलाको स्थिति निकै पछाडी छ ।

महिला अधिकार र सशक्तिकरणका लागि विभिन्न गैरसरकारी संघ-संस्था तथा सरकारी निकाय सम्मले कामहरू सशक्त तरिकाले गरिरहेकै छन् । नेपालको संविधानले महिलाका अधिकार तथा हकहरुको समेत सुनिश्चितता गरेको छ । तर पनि महिलाको चेतनास्तर र आर्थिक अवस्था जस्ताको तस्तै छ भन्दा बढी नहोला । यसकारणले नेपाली महिलाको सामाजिक तथा आर्थिक जीवनस्तर उठाउने विशेष अझै प्रयास गर्न आवश्यक छ ।

विभिन्न स्तर तथा कोणबाट महिलाका आर्थिक, शैक्षिक, स्वास्थ्य तथा राजनीतिक विश्लेषण गरिरहिइको छ । महिलाको पूणर् सहभागिताबिना जुनसुकै देशको आर्थिक सामाजिक, साँस्कृतिक राजनीति एवम् वातावरण सम्भव छैन भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । मानव जीवनमा महिला र पुरूषलाई एक रथका दुई प्राङ्ग्रा भनिन्छ । महिलाबिना नेपालमा मात्र नभै विश्वभरि सृष्टिको नियम सुचारु हुन सक्दैन ।

सृष्टि स्थापना गर्न समाजमा पुरूषको जति दायित्व हुन्छ त्यति महिलाको पनि दायित्व हुन्छ तर पनि अधिकांश देश हरूमा महिलाको भूमिकालाई कमजोर बनाउँदै लगिएको पाइन्छ । महिलाको प्रत्यक्ष वा अ प्रत्यक्ष सहयोगमा पुरूष अगाडी बढ्न सक्दैन भने महिलाको अनुपस्थितिमा सामाजिक जीवनचक्र पनि अगाडी बढ्न सक्दैन । त्यसैले समाजमा लैंगिक विभेद देखिनु अनुपयुक्त हो । महिला एक परिवारको एक सदस्य नभै राष्ट्रको लागि समेत महिलाहरू एक महत्वपूर्ण अङ्ग हुन् ।

त्यसैले महिलाको भूमिकालाई स्विइकार्न आबवश्यक देखिन्छ । जुन देशमा महिलालाई पनि पुरूष सरहकै हक र अधिकार दिइएको हुन्छ, त्यस्तो देशको आर्थिक तथा सामाजिक विकास राम्रो भएको पाइन्छ । विश्वका त्यस्ता विकसित देशहरू छन्, ती देशहरूमा शिक्षा एवम् चेतनाको विकास नेपाल भन्दा राम्रोसँग भएको पाइन्छ । त्यहाँका महिलाहरूको भूमिका पुरूष सरह नै हुन्छ । महिलाको शक्ति र क्षमतालाई त्यहाँको राज्यले स्विकार गरेको पाइन्छ । अथवा महिला पुरूषको अधिकार बराबर गतिमा अगाडी बढेको पाइन्छ ।

नेपाल लगायत विश्वका धेरैजसो विकासशील देशमा महिलाको अधिकारमा पुरूषले शासन गरेको पाइन्छ । तर त्यस्ता विकसित देशहरू जापान, अमेरिका, बेलायत, फ्रान्स र जर्मन आदी जस्ता देशका महिलापनि पुरूष समान हुन् भन्ने मान्यतालाई स्विकार गरिएको छ ।

हाम्रो देश नेपालमा भने हामी महिला सधै संविधानमा लेखेका कुरालाई पनि दबाएरै सधै पुरूषको दबाबमा बस्न बाध्य छौं । नेपालको राज्य सत्ता पूँजीपतिहरुको हालिमुहालीले भरिएको छ । राज्यको चरित्र यस्तो भएको समाजमा महिलामाथी गरिने दमन र शोसन उस्तै रहन्छ ।

यो राज्य सत्ताका मालिक र पैसावालहरुले भरिएको समाज जब परिवर्तन हुन्छ तब मात्र नेपालका महिलाले यस्ता पुरूषको हैमक अन्त्य हुन्छ र सबै बराबरी हुन्छ । यो अवस्थामा पुग्न नेपालका श्रमिक महिलाहरूले अधिकारको निम्ति फेरि एक पटक आवाज उठाउन जरुरी छ ।