काठमाडौं । नेपालमा आम निर्वाचन हुने दिन मंसिर ४ गतेदेखि कतारको फुटबल मैदानमा विश्वकप सुरु हुँदैछ। तर बिचौलियाका कारण कारण विगतमा जस्तो टीभीमा निःशुल्क विश्वकप हेर्न भने नपाइने भएको छ ।
यसपटक बिचौलियाहरुलाई पैसा तिरेपछि मात्रै टेलिभिजनमा विश्वकप हेर्न पाइने भएको छ। यस वर्ष विगतमा जसरी नै घरैमा टीभीमा विश्वकप फुटबल हेर्न चाहने दर्शकहरुबाट एउटा व्यापारिक समूहले पैसा असुल्ने तयारी गरिरहेको छ।
विश्वकपबाट पैसा कमाउने योजना बनाइरहेको समूहले कुनै पनि विदेशी टेलिभिजन च्यानल एवं ओटीटी प्लेटफर्ममा फुटबल हेर्न नमिल्ने गरी ‘टेरिटोरी लक’ गरेर ब्याकआउटको तयारी गरेको हो। उक्त समूहको योजना सफल भयो भने अब नेपाली फुटबल प्रेमीले पैसा तिरेर मात्रै फुटबल हेर्न पाउनेछन्।