काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीलेको आक्रामक रवैयाले फुटपाथ हिंड्न नसकिने अवस्था बन्दै गएको छ ।
मेयर बालेन्द्र साह (बालेन)ले फुटपाथ व्यापारीलाई व्यापार गर्न निषेध गरेसंगै लुकेर व्यापार गर्नेहरुप्रति नगर प्रहरी आक्रामक बन्दै गएको हो ।
नगर प्रहरी कुनै हत्या गरेर भागेको अपराधीलाई सरह साना फुटपाथ व्यापारीलाई समातेर सामान जफत गर्ने गरेको छ । व्यापारीका सामान जफत गर्ने क्रममा प्रहरीले आम सर्वसाधारण नागरिकको सुरक्षाको ख्याल नगरेको पाइएको छ । यसले गर्दा फुटपाथमा हिडिरहेका सर्वसाधारणको सुरक्षामा प्रश्न लागेको छ ? फुटपाथमा हिड्नै नसकिने अवस्था हुन थालेको छ ।
नगर प्रहरीले सामान जफत हुन्छ भनेर भाग्ने गरेका व्यापारीलाई समात्न हिडिरहेका नागरिकहरुलाई चोटपटक लागे पनि वास्ता नगर्ने र दुर्घटनाको अवस्था निम्तिन सक्नेमा पनि सुरक्षाको भन्दा सामान जफत गर्नु नै ठुलो उपलब्धी हासिल गरे जस्तो गरेको छ ।