• बैशाख ९ २०८२, मंगलवार

त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्नेलाई कानुनी दायरमा ल्याउनुपर्छ: शिक्षामन्त्री

आश्विन ४ २०७९, मंगलवार
काठमाडौं  । नेपालकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा गरिएको लामो समयदेखि तालाबन्दी  नखुलेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल कड्किएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गत वर्षदेखि नै तालाबन्दी गरेको छ । लामो समयदेखि तालाबन्दी खुलाउन पटक पटकको पहल निरर्थक हुँदा विश्वविद्यालयले आफ्ना दैनिक कामकाज समेत गर्न सकेको छैन ।

विद्यालय तथा विश्वविद्यालय क्षेत्रमा तालाबन्दी गर्नु भनेको सामाजिक अपराध भएको बताउदै  मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्नेलाई कानुनी दायरमा ल्याउनुपर्ने बताए ।

विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्नका लागि पटक पटक छलफल तथा वार्ता गरिएपनि खोल्न नसकिएको भन्दै अब कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी दिए ।