• मंसिर १२ २०८१, बुधबार

फाइनलमा नेपाल पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

आश्विन ३ २०७९, सोमबार

काठमाडौं । दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

साफको उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । `उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।