काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको हो ।
खेलको पहिलो हाफमा बंगलादेशले १३औं मिनेट र ४२औं मिनेटमा गोल गरेको थियो । यस्तै दोस्रो हाफमा भने नेपालले एक गोल फर्काएको थियो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुन गोल गर्दै बंगलादेशले ३-१ अग्रता लिएको थियो ।