काठमाडौं । साहित्यकार तथा संस्कृतिका खोजकर्ता महेशराज पन्त र दिनेशराज पन्तद्वारा लिखित पुस्तकहरुको विक्रीका लागि काठमाडौंमा लागेको मेला सम्पन्न भएको छ । आइतबारदेखि लागेको सो पुस्तक मेला सोमबार सम्पन्न भएको हो । मेलामा साहित्य तथा इतिहासका बारेमा रुची राख्ने सयौंले सहभागीता जनाए ।
आयोजकका अनुसार सुरुको दिन मात्रै एकलाख बढीका पुस्तक विक्री भएका छन् । लेखक डा.महेशराज पन्तले पुस्तक विक्रीबाट आफू सन्तुष्ट भएको बताए । संशोधन मन्डल प्रकाशनको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको कमलादीस्थित नेपालप्रज्ञा प्रतिष्ठानको प्राङ्गनमा ती पुस्तकहरु विक्रीका लागि राखिएका हुन् ।
काठमाडौं उपत्यका र उपत्यका भन्दा बाहिरका समेतका जनसमुदायको इतिहासको बारेमा जानकारी दिने पुस्तकहरु बेच्न राखिएकोले आफू मेलामा आएर पुस्तक खरिद गरेको साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले बताए ।
साहित्य तथा इतिहासका बारेमा जानकारी राख्ने र यसलाई व्यवस्थित गरी अझ विकास गर्ने कार्यमा आजको पुस्तामा खासै जागरुकता नदेखिएको समयमा यसरी पुस्तक प्रदर्शनी तथा सुपथ मूल्यमा महत्वपूणर् पुस्तकहरु विक्री गर्दा आर्थिक अवस्था कमजोर भएका पाठकहरुका लागि सहुलियत भएको अर्का एकजनाको बुझाइ रहेको छ ।