• चैत्र १७ २०८१, सोमबार

राप्रविसंको महधिवेशन आयोजक कमिटी सदस्य विस्तार,सचिवमा मदन शाही मनोनीत

भाद्र ३१ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले महधिवेशन आयोजक कमिटी सदस्य विस्तार गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीले असोजमा महाधिवेशन सम्पन्न गर्नका लागि  जय प्रकाश बगालेलाई संयोजक तोकेसंगै महाधिवेशन लक्षित कार्यले तिव्रता लिएको हो ।

महधिवेशन आयोजक कमिटी सदस्य  विस्तार गर्ने  क्रममा पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका मदन शाहीलाई महाधिवेशन आयोजक कमिटी सदस्य सचिवमा मनोनीत गरिएको छ ।

पूर्व राप्रविसंका अध्यक्ष धनसुर शाहीको उपस्थितिमा उक्त  जिम्मेवारी  दिइएको हो ।

राप्रविसंले आगामी असोज मसान्तसम्म महाधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ ।