• मंसिर १२ २०८१, बुधबार

शिक्षित भनिनेले नै नेपालमा अंग्रेजी भाषाको गलत प्रयोग गरे

भाद्र ३१ २०७९, शुक्रबार

दैनिक बोलचालमा कतिपय ठाउँमा हामी नेपाली शब्दका साथै विदेशी शब्दको पनि गलत प्रयोग गरिरहेका हुन्छौं । र, त्यसको पत्तै हामीलाई हुँदैन । यसका विभिन्न कारणमध्ये एउटा त अज्ञानता हो, अर्को चाहीँ जथाभावी अरुको नक्कल गर्ने बानी । उदारणका लागि अग्रेजी भाषाको एउटा शब्द  Nonsense लाई लिऊँ । कसैलाई गाली गर्नुपरे अंग्रेजीमा  Idiot, Fool  भनेझैं ल्यलकभलकभ भनेर पनि गाली गर्छौं जुन कि पूणर्रुपले गलत हो ।

Nonsense को शब्दिक अर्थ हो Meaningless words: foolish talk, ideas, behaviour. अर्थात कसैका कुरा, विचारहरु, व्यवहारलाई मूर्ख  (foolish) भनी जनाउनु परेमा  Nonsense  भन्ने शब्दको प्रयोग गर्नु उचित हुन्छ ।

अर्को शब्दमा भन्ने हो भने यो शब्द मानिससँग होईन बरु मानिसको बिचार अथवा  action संग प्रयोग गर्नुपर्ने शब्द हो । जस्तै : You are talking nonsense. What you have done is nonsense. What you have said is (a) nonsense.

अब अर्को शब्द  Mister (Mr) लाई लिउँ । यो अंग्रेजी शब्द हो तर नेपाली बोलचालमा कतिपय ठाउँमा यो शब्द बोलिएको सुनिन्छ । जस्तै : मेरो Mister ले आज यस्तो भन्नुभयो । मेरो Mister लाई यो / त्यो मन पर्छ । जस्ता यहाँसम्म त त्यस्तो कुनै खास भएन ।

तर, कुरा त्यहाँनिर बिग्रन जान्छ जब हामी कसैलाई यस्तो भनेको सुन्छौ : Mr  Ram/David is coming. Miss Sita is his sister. Hello, Mr  Gopal! How are you?

यस्तै तपाईंले कुनै फिल्ममा कसैले कसैलाई यसरी धम्की दिएको पनि सुन्नुभएको होला – मिस्टर विजय, म तँलाई यस्तो गर्छु/उस्तो गर्छु इत्यादी । यो चाहीँ Mr अथवा Miss को गलत प्रयोग हो ।

किनभने Mr/ Miss/ Mrs  लाई पहिलो नामसँग प्रयोग गर्नुहुदैन । यसलाई  Surname अर्थात थरसँग प्रयोग गर्नुपर्छ । कि त पूरै नामको अगाडि प्रयोग गर्नुपर्छ । जस्तै Mr David Baker, Miss Rita Gurung, Mrs Sita Joshi इत्यादि ।

युरोपियन अथवा अमेरिकनहरु तपाईंसँग घनिष्ठता अथवा नजिकपन जनाउन चाहन्छन् भने Mr/Mrs/Miss  प्रयोग नगरिकनै तपाईलाई पहिलो नामबाट सम्बोधन गर्छन् औपचारिक सम्बोधन गर्नैपरे उनीहरु Mr/Mrs/Miss लाई तपाईंको  Surname (थर) अथवा  Title  सँग जोडी सम्बोधन गर्छन, जस्तैः Mr Gurung, Mr Secretary, Mr President cflb .आदि ।

अब, अर्को एउटा उदाहरण, अंग्रेजीमा “Chairman”  भन्नाले कुनै सभा/गोष्ठी/सम्मेलनको अध्यक्षता गरिरहेको व्यक्ति, एउटा समिति, संगठन अथवा कम्पनीको अध्यक्ष भन्ने जनाउँछ ।  Chair man, Chairman भएकोले केही व्यक्तिहरुले  Chairman पुरुषमात्र होइन महिला पनि त हुन सक्छ भन्ने तर्क सहित  Chairman  को सट्टा अचेल  Chairperson शब्दको प्रयोग हाल गर्न थालेका छन् । तर, भाषाशास्त्रीहरु र व्याकरणवेत्ताहरुको भनाइ छ,  Chairperson  भन्ने शब्द धेरै कालसम्म टिक्न सक्दैन होला ।

उद्योगी-व्यवसायीहरुले पनि अंग्रेजी भाषाको गलत प्रयोग गरी रहेका हुन्छन् । जस्तैः एउटा औषधिको बट्टामा Mfg. Date: Aug 2021(Best before 24 months from manufacture) भनी लेखिएको छ । यस्को शाब्दिक अर्थ हो  manufacture date भन्दा २४ महिना अधि प्रयोग गर्न उत्तम ।

उत्पादको मिति २०२१, त्यो भन्दा २ वर्ष अघि भनेको २०१९ हुन जान्छ । उत्पादन हुनुभन्दा अधि कसरी प्रयोग गर्ने ? उसले भन्न खोजेको  Use within 24 months from the date of manufacture ,  कि त सोझै Mfg. Date: Aug. 2021, भनी लेख्न पर्‍थ्यो । यो औषधिको नाम हो MITH PLUS भारतमा बनेको ।

मैले भारतीय कम्पनीको यहाँ सन्दर्भ किन निकालेको भने त्यस्कै सिको गरेर नेपाली कम्पनीहरुले पनि अंग्रजी शब्दहरुको गलत प्रयोग गरी रहेको पाइएको छ । उदाहरणको लागि ज्ञान चक्की आटाको खोलमा त्यस्तै गल्ती लेखिएको छ Best before 180 days from the date of manufacture.”Before” को ठाउँमा “within” प्रयोग गर्न उस्ले पनि जानेन ।

यस्ता त्रुटीबारे मैले नाप तौल तथा गुणस्तर नियन्त्रण विभागलाई खबर गरी अवगत गराएको थिएँ । तर खोइ ? फेरि, ‘आटा’ हिन्दी शब्द हो, मधेसमा ‘पिठो’ भन्ने शब्द न बुझ्ने भए यसरी पनि लेख्न सकिन्छ -ज्ञान चक्की पिठो/आटा ।

अंगे्रजहरुले भारतमा करीब २५० वर्षसम्म शासन गरे । तर भारतीयहरुले अंग्रेजी शब्दहरुको अर्थ र उच्चारण गलतरुपमा प्रयोग गरेको सिको नेपालीहरुले पनि गरी रहेकाछन् । ‘रातो बंगला’ भन्ने नाम काठमाडौंमा धेरै जसोले सुनेका होलान् । अंग्रेजीमा  bungalow को अर्थ हो— एक तल्ले घर, खास गरी टाईल अथवा खरको छाना भएको । तर भारत र साथै नेपालमा पनि बंगलाको अर्थ विशाल भवन, आलिसान घरको रुपमा लिइन्छ जुन कि बिल्कुलै गलत हो ।

रातो बंगला चाहीँ चानचुने घर होइन नि ! अंग्रेजी शब्द  health sf adjective   को  healthy   (विशेषण)  wealth /welθ/ र  wealthy  को विशेषण  “हेल्थी” लाई “हेल्दी” र “वेल्थी” लाई “वेल्दी” भनी गलत उच्चारण गरी रहेका हुन्छन् ।

एउटा अर्को सान्दर्भिक कुरा गर्न मन लाग्यो । कुनै सरकारी कार्यालयका एक अधिकारी थरका उपनिर्देशक एउटा गाडी नम्बर ४२० लेखेको देखेर कस्तो नम्बर राखेको होला भनेर नाक खम्च्याउँदै हाँस्न थाले । मैले भने-यो ४२० सँग हाम्रो सम्बन्ध नै छैन ।

यो त भारतको दन्डविधानको एक धारा हो । जसमा ठगी गर्नेलाई दिइने सजायको उल्लेख छ । ती सज्जनले ‘तैपनि…’ भनी जवाफ दिए । शिक्षित वर्गको त यो हाल छ भने अरुको के हाल होला ?