• मंसिर १३ २०८१, बिहीबार

डेंगु शंका लागे ११८० मा परामर्श र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा: काठमाडौं महानगर

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु सङ्क्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।

संक्रमित भए वा भएको शङ्का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् ।