• मंसिर १५ २०८१, शनिबार

चिनियाँ बरिष्ठ नेता नेपाल आएपछि खुल्यो रसुवागढी र तातोपानी नाका

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । चीन तर्फबाट एकतर्फी बन्द गरिएको तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ । यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएकाे भन्सार कार्यालयले जनाएको छ ।