काठमाडौं । दशैँको बेला बैंकमा पैसा जम्मा गर्नेले बढी ब्याज पाउने भएका छन्। असोज महिनाको लागि बैंकहरुले ब्याजदर खुल्ला छोड्ने निर्णय गरेका हुन्।
वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको हो।
गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति आजको बैठकले तोडेको हो। जसको अर्थ कुनै बैंकले १० प्रतिशत ब्याजदर दिइरहेको छ भने १० को १० प्रतिशत १ हुन्छ। १० प्रतिशत ब्याजदर दिएकोले १ प्रतिशत ब्याजदर थप गर्न पाउनेछन्। योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याजदिन पाउने सहमति थियो।