• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना, के छ उनकाे अवस्था ?

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ । सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाए अनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो ।

सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’
राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।