• माघ २१ २०८१, सोमबार

अब्राहम लिंकनका १० महान भनाइ, पढ्नुहोस् जसले तपाईंको बदलिन सक्छ जीवन !

भाद्र ३० २०७९, बिहीबार

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकन अत्यन्तै प्रभावशाली राष्ट्रपतिमा रुपमा चिनिन्छ । लिंकनको जन्म सन् १८१५ फेब्रुअरी १२ मा भएको थियो ।

सन् १८६१ देखि सन् १८६५ सम्म उनी अमेरिकाको राष्ट्रपति बनेका थिए । उनर्को नाचघरमा नाच हेरिरहेको बेला हत्या भएको थियो । उनको हत्या अप्रिल ५ सन् १९६५ मा भएको थियो ।

लिंकनका १२ प्रेरक भनाइ यस्ता छन् :

१. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ ।

२.. मलाई रुख ढाल्न ६ घण्टा देउ, म पहिलो ४ घण्टा बन्चरो उदाउँन लगाउँनेछु ।

३. मेरो चिन्ता तिमी असफल भएको होइन । तर, असफलताका बावजुद तिमीले नदिएको निरन्तरता प्रति हो ।

४. भविष्यमा एउटा राम्रो कुरा एकपटक अवश्य आउँछ ।

५. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।

६. प्रजातन्त्र भनेको जनताको लागि, जनताद्वारा र जनताले नै शासन गर्न पाउनुपर्छ ।

७. अन्त्यमा यो गनिँदैन कि तिमी जीवनमा कति वर्ष भएर बाँच्यौ । बरु यो गनिन्छ कि तिमी वर्षमा कति वर्ष बाँच्न सक्यौ ।

८. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणी छु ।

९. तिमीले सबै व्यक्तिलाई केही समय र केहि व्यक्तिलाई सधैभरि मूर्ख बनाउँन सक्छौ । तर, सबैलाई मूर्ख बनाउन सक्दैनौँ ।

१०. म मेरी आमाका लागि प्रार्थना गर्दा सधैँ सम्झन्छु । जसले गर्दा मलाई हिँड्न र म बन्नमा हर्दम सहयोग गरिरहन्छन् ।