• मंसिर १२ २०८१, बुधबार

बलिउड अभिनेत्री ज्याकलिनलाई प्रहरीले किन बोलायो प्रहरी स्टेशन ?

भाद्र २९ २०७९, बुधबार

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिजलाई प्रहरीले बुधबार सोधपुछका लागि प्रहरी स्टेशन बोलाएको छ ।

मनि लाउन्ड्रिङ केसमा ज्याकलिनको नाम मुछिएपछि सोधपुछका लागि प्रहरीले बोलाएको हो । उनी सुकेश चन्द्रशेखरको मनी लाउन्ड्रिङ मुद्दाका आरोपितसँग जोडिएकी हुन्।

यही मुद्दाका लागि उनी प्रहरीकहाँ पुग्दैछिन्। प्रहरीको आर्थिक अपराध महाशाखाले उनीसँग सोधपुछ गर्नेछ। ११ बजे प्रहरीकहाँ पुगेर बयान दिएकी छिन् ।

उनी २०० करोड भन्दा बढीको ठगीका मास्टरमाइन्ड सुकेशसँग उनको सम्बन्ध बारे पनि खोजबिन हुनेछ। उनीहरु प्रेम सम्बन्धमा रहेको समेत चर्चा हुने गरेको छ।

सुकेशसँग ज्याकलिनले महंगो गिफ्ट लिएको पाइएको छ। १० करोड बराबरको गिफ्ट उनले पाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सुकेशसँग कतिपल्ट भेट भएको तथा मनि लाउन्ड्रिङमा सघाएकोबारे समेत अनुसन्धान भइरहेको छ।