काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने ह्वात्तै बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँमा कारोबार भएको छ ।