काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा लगातार दोस्रो जीत हात परेको छ ।
नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक÷एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ मिनेटमा गोल गरिन् ।
अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् ।