• आश्विन १४ २०८१, सोमबार

सकियो मगर संघ केन्द्रीय समन्वय समितिको महाधिवेशन, क-कस्ले के-के जिम्मेवारी पाए ?

भाद्र २७ २०७९, सोमबार

काठमाडौं । नेपाल मगर संघ सम्पर्क केन्द्रीय समितिको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंस्थित कमलादीको प्रज्ञा प्रतिष्ठानमा पूर्वसभामुख ओनसरी घर्तीमगरले दीप प्रज्वलन गरी महाधिवेशन शुभारम्भ गरीन् ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्ययक्ष ज्ञानेन्द्र पुन, मगर भाषाका अध्ययता बमकुमारी बुढा,वरिष्ठ डाक्टर शेरबहादुर पून लगायत वरिष्ठ कलाकारहरु उपस्थित थिए । कार्यक्रमका प्रमुख अतिथि ओनसरी घर्तीमगरले आफू जनयुद्धमा लागेको र्ददनाक कहानी प्रस्तुत गरिन् । उनले आफूले संसदमा सपथ ग्रहण गर्दा मगर भेषभुषामा सजिएर मगर खाम भाषा प्रयोग गरेको कुरा स्मरण गरिन् ।

उनले यो कुरा सामाजिक सञ्जालमा राख्दा त्यसका बारेमा गम्भीर प्रश्न आएको बताइन् । जसको उत्तरमा उनले आफ्नो मुख्य एजेण्डा उत्पीडित समुदायको हेपाईलाई अन्त्य गर्ने जातिप्रति कुदृष्टि राख्नेलाई मुखभरिको जवाफ दिएर आफ्नो पुर्खौली भेषभुषाको मान राखेको बताइन् । सो अवसरमा उनले उत्पीडित जाति र वर्गको मुक्तिका लागि आफूहरुले जनयुद्ध लडेकोप्रति गर्व गरिन् । उनको सपथ ग्रहणले मगर भाषा र भेषभुषाले स्वतन्त्रता पाएको बताइन् । उनले आफ्नो भेषभुषामा गर्व र माया भएको दावी गरिन् ।

सोही क्रममा सांसद समेत रहेकी घर्तीले रुसमा लेनिनको पालामा मगरको गरगहनालाई शौंच गर्दा प्रयोग गर्न मात्र मिल्ने जस्ता अपमान शब्द प्रयोग गर्दा पनि आफू जनयुद्धमा लागेको कुरा बताइन् ।उनले त्यो सानो स्टाटसले देशभरी हल्ला फिँजाएको बताइन् । उनले मगर समुदायले त्यसमा साथ दिएकोमा उनले आभार व्यक्त गरिन् ।

रोल्पाका कतिपय ठाउँमा गर्वका साथ गाउँपालिकाका कर्मचारीहरुले मगर भेषभुषमा सजिएर सेवा प्रदान गरेको पनि बताइन् । यसो हुनुमा उनले मगर भाषाकी अभियन्ता बमकुमारी बुढाको जित भएको भन्दै खुशी व्यक्त गरिन् । उनले मगर समुदायको सुन्दर कला र संस्कृतिको जगेर्ना गर्न पनि जरुरी रहेकोमा जोड दिइन् ।

कार्यक्रममा हुर्रा, कौडा र पैंसेरु नाच प्रस्तुत गरी सुनमा सुगन्ध थपिएको थियो । त्यसैगरी कार्यक्रमका मगर संघ केन्द्रीय समितिका अध्ययक्ष ज्ञानेन्द्र पुनमगरले जातीय अस्तित्व र जातीय प्रबद्र्धनका लागि मगर संघमा गोलबद्ध भएको बताए ।

 

हामी यहाँसम्म आउनुमा हाम्रो पुर्खाको महत्वपूर्ण भूमिका रहेकाले हाम्रो कला, संस्कृतिको जगेना गर्न पूर्खाको ठूलो योगदान रहेको बताए । उनले मगरप्रति मगरले गर्नुपर्ने गर्व कमजोर भएकोमा गुनासो गरे ।

उनले विसं १६१६ मा तत्कालीन राजा मानसिंह खड्गामगरको हत्या हुनु अघि सम्पूर्ण राजाहरु मगर भएको दावी गर्दै मगरमा अझै पनि शासकको रगत बगिरहेकोे प्रष्ट पारे । उनले सो अवसरमा हामीले यस्तो इतिहास बिर्सिएको हो कि ? भनी पनि प्रश्न गरेका थिए । उनले सम्पूर्ण मगरलार्ई मगर हुनुमा गर्व गर्न आग्रह गरे । मगरहरु १८ मगरात अथवा बाह्र मगरातमा बसोबास गरेता पनि आफ्नो संस्कृतिलाई जोगाउनु पर्ने बताए ।

सोही क्रममा कार्यक्रमका विशेष अतिथि तथा साँस्कृतिक अध्ययता बमकुमारी बुढामगरले ब्रिटिस आर्मीमा भर्ति हुनेमध्ये राई, मगर, गुरुङ, लिम्बु चारवटा जनजाति रहेको स्मरण गरीन् ।
उनले म्याग्दीका तुलबहादुर पुनले बेलायती सेनाको तक्मा पाएकाले पुनलाई चाँडै भर्ति गर्ने गरिएकोे भन्दै त्यही समयदेखि अरु जातका मानिसले पनि थरमा पुन राखेर भर्ति हुने गरेको बताइन् ।

आज पहिचानको कुरा आएपछि त्यो समस्याले वर्तमान समयमा पिरोलेकोमा उनले गुनासो गरिन् । मगरको इतिहास र संस्कृतिको दस्तावेज बनाउन नसकेको र संस्कृतिको बारेमा लेख्न पछाडि परी राज्यको प्रवाह मात्र समय खर्च गरेकोले मगर पछाडि परेको बताइन् । उनले अहिलेको युवालई अत्यन्त अध्ययनशील, जवाहदेहीता र मगरातलाई आत्मसात गर्दै ‘मगरात’ शब्दलाई अत्यन्त प्यारो मानी भोलीको दिनमा आफ्नो कला र संस्कतिलाई संरक्षण गर्न अनुरोध पनि गरिन् ।

सोही क्रममा राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगरले नेपालको इतिहासमा लखन थापा मगरले ज्यान त्यागेर योगदान दिएको बताए । आलेले राजतन्त्र अन्त्य गर्न मगर जातिको ठूलो योगदान रहेको बताए । आलेले सबैभन्दा धेरै जनसंखया भएको मगरले काँधमा जिम्मेवारी लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रमा सफलतापूर्वक डाक्टर बन्न सफल विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमा विभिन्न समयमा मगर संघलाई आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । पिएचडी होल्टर डा. शेरबहादुर पुनमगरले आफ्नो संघर्षको पछाडि लुकेको कहानी सुनाए । उनले कर्म गर्नु तर फलको आश नगर्नु भन्दै सम्पूणर्लाई संघर्षमा भर पर्न अनुरोध गरे । उनले आफू सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे ।

मगर संघ केन्द्रीय समिति सल्लाहाकार गगनबहादुर थापामगरले चिनियाँ बाँसलाई रोप्न तीन वर्ष लाग्ने तर जमिनमा उम्रिएपछि अग्लो हुन तीन महिना पनि नलाग्ने उदाहरण दिए । उनले मगर संघको स्थापना कालमा दुःख भएता पनि मगर संघले चिनियाँ बाँस जसरी प्रगति गर्न सफल भएको बताए ।

उनले अधिवेशन भन्दा पनि सहमतिमा समिति निर्माण गर्न आग्रह गरेका ।
यसैबीच जारी चौथो महाधिवेशनबाट सो संगठनको केन्द्रीय समिति तथा पदाधिकारी चयन गरिएको छ । समितिको अध्ययक्षमा झबिन्द्र पुनमगर, वरिष्ठ उपाध्ययक्षमा लेख बहादुर रेग्मीमगर र विजय थापामगर चयन भएका छन् ।

त्यसैगरी समितिको खुल्ला उपाध्ययक्षतर्फ झलक थापामगर, कृष्णबहादुर आलेमगर र नारायण रोकामगर चयन भएका छन् । महिला उपाध्ययक्षतर्फ संघर्ष सदिक्षा घर्तीमगर चयन भएकी छिन् । भाषिक उपाध्ययक्ष तर्फ बाह्र मगरातबाट इन्द्रबहादुर डेंगीमगर चयन भएका छन् भने अठार मगरात तर्फको भाषिक उपाध्ययक्षमा त्रिपना बुढामगर चयन भएकी छिन् । काइके भाषिक उपाध्ययक्षको पद रिक्त रहेको छ ।

उनका अनुसार निर्वाचनबाट खुल्ला सचिवमा चयन भएका   प्रदेशका उपाध्यक्ष सहितका पदाधिकारी यस प्रकार छन्:
भीमबहादुर दर्लामीमगर

रोशन पुलामीमगर

दिपक थापामगर

यस्तै समन्वय केन्द्रीय समितिको कोषाध्ययक्षमा पूणर्बहादुर थापामगर चयन भएका छन् भने सह-कोषाध्ययक्षमा इन्दु थापामगर चयन भएकी छिन् ।

नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको चोथो महाधिवेशनबाट प्रत्येक प्रदेशको तर्फबाट प्रदेश सचिव चयन गरिएको छ । चयन गरिएका प्रदेश सचिवका नाम यस प्रकार छन् ।

प्रदेश नं १ : विजय रानामगर
मधेस प्रदेश :दण्डबहादुर आलेमगर
बागमती प्रदेश: हरिबहादुर आलेमगर
गण्डकी प्रदेश: बुद्धिमाया पुनमगर
लुम्बिनी प्रदेश:सुष्मा रानामगर
कणरली प्रदेश: करिश्मा घर्तीमगर
सुदुरपश्चिम प्रदेशबाट एक पद रिक्त रहेको छ ।

त्यसैगरी खुल्ला तर्फ चुनिएका सदस्यहरु यसप्रकार छन्:
राजकुमार थापामगर
अशोक सारुमगर
विन्दा मिरिङकिङमगर
कोपिला थापामगर
ललिता थापामगर
हर्क पुलामीमगर
सञ्जय रेश्मीमगर
धनकुमारी मगर
बमबहादुर थापामगर
किरण थापामगर
हरिबहादुर थापामगर (क)
तेजबहादुर रानामगर
र थानबहादुर कुँवरमगर ।
हरेक प्रदेशमा जनसंख्याको आधारमा सदस्य चुनिएका छन् । जसलाई यसप्रकार राखिएको छ ।

प्रदेश १:
झलकराज आलेमगर
दुर्गा खपाङ्गीमगर
शेरबहादुर बलम्पाकीमगर
हरि आलेमगर
सिताकुमारी मगर
मन्दिरा आलेमगर
गनिमाया मगर

मधेस प्रदेश:
चन्द्रबहादुर थापामगर
मानबहादुर धनहामगर
दिलमाया किङिङमगर
राधिका आलेमगर
देवकी रानामगर

बागमती प्रदेश:
विष्णुमाया थापामगर
जीवन थापामगर
पुरुषोत्तम थापामगर
पूणर् थापामगर (कुमार)
जानुका थापामगर
विष्णु रानामगर
कल्याणकुमार खुलालमगर

गण्डकी प्रदेशः
मनबहादुर सिंजालीमगर
टंकबहादुर बुढाथोकीमगर
एलिजिवा पुनमगर
सोनु रानामगर
चित्रबहादुर थापामगर
यो प्रदेशमा तीन जनाको पद रिक्त भएको अध्ययक्षले जानकारी दिइयो ।

लुम्बिनी प्रदेश:
दिपा लामिछानेमगर
प्रेम बहादुर पुनमगर
धनबहादुर मर्साइमगर
नवीन घर्तीमगर
कणर्बहादुर घर्तीमगर
कमला घर्तीमगर ।
यस प्रदेशमा पनि दुईवटा पद रिक्त रहेको बताइएको छ ।
कणरली र सुदुरपश्चिमबाट पद रिक्त रहेको छ ।

निर्वाचन मण्डलको संयोजक नेपाल मगर संघ केन्द्रीय समितिका अध्ययक्ष तथा नेपाल मगर सम्पर्क समन्वय केन्द्रीय समितिका संस्थापक कोषाध्ययक्ष तथा सल्लाहकार गंगा थापा मगरको संयोजकत्वमा बमकुमारी बुढामगर, जगतबहादुर रेश्मीमगर, टेकबहादुर नाम्जाली मगर र खगेन्द्र पुनमगर सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रमको सभापतित्व हेमराज खपाङ्गी र संचालन झबिन्द्र पून मगरले गरेका थिए ।