• चैत्र १२ २०८१, बुधबार

चिनियाँ जनकंग्रेसका अध्यक्ष लि आज नेपाल आउँदै

भाद्र २७ २०७९, सोमबार

काठमाडौं। चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (सोमबार) नेपाल आउँदै छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लागेको हुन् । नेपाल बसाईका क्रमाम उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम रहेको जनाइएको छ । पछिल्लो समय नेपालमा अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव बढिरहेको छ ।