काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज ९सोमबार० नेपालले श्रीलंकाको सामना गर्ने भएको छ ।
पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल सोमबार लगातार दोस्रो जितको खोजीमा रहेको हो । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुने भएको छ । सोमबारको खेलमा नेपाल विजयी वा बराबरीमा रोकिएपनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
नेपाल पराजित भएको अवस्थामा भने समूहबाट सेमिफाइनल पुग्ने समीकरण रोचक बन्ने छ । समूहमा एक खेलबाट नेपालको ३ अंक छ । दुई खेलबाट ३ अंक जोडेको भुटान दोस्रो स्थानमा रहेको छ । श्रीलंकाविरुद्धको खेलमा भुटान ५–० ले विजयी भएपछि समूहको सेमिफाइनल समीकरण रोचक बनेको हो ।
नेपाल र श्रीलंका दुवै देशका लागि सोमबारको खेल समूहको अन्तिम खेल हो ।