• बैशाख ९ २०८२, मंगलवार

नेकपा(बहुमत)ले गर्यो दोलखाका शिक्षक-अभिभावकसँग अन्तरक्रिया

भाद्र २६ २०७९, आईतवार

नकुल चौलागाईं, दोलखा । नेकपा (बहुमत) दोलखा जिल्लाले शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो पार्टीको दोलखा जिल्ला पार्टीले एकदिने शिक्षक अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम शारदा माध्यमिक विद्ययालय दोलखामा सम्पन्न गरेको हो ।

सो पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा– सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राध्यापक मानबहादुर तमाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका सहभागीहरु अन्तरक्रिया कार्यक्रममा सभागी थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का केन्द्रीय सदस्य विनयराज शर्माले यतिबेला शैक्षिक क्षेत्र शैक्षिक ब्यापारी र माफियाहरुले कब्जा गरी विकृति फैलिएकोले यसको वैज्ञानिक सुधार गर्नुपर्ने बताए ।

साथै उनले विद्यार्थीमाथी नै विद्यालय प्रशासनका केही मानिसहरुले नै अनैतिक र अभद्र व्यवहार गरेकोले यस्को ब्यापक रूपमा भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।

उनले शैक्षिक माफियालाई सबै मिलेर जनकारबाही गर्दै अगाडि बढ्नु पर्ने बताउँदै आवस्यक सबै ठाउँमा समयमा पाठ्यक्रम पुर्याउन यस्को लागि सबैजना एकजुट भएर सम्बन्धित निकायमा जनदबाब दिएर अगाडि बढ्न पर्ने बताए ।

विद्यालयका प्राध्यापक मानबहादुर तामाङले अहिले आफ्नो विद्यालयमा आवस्यक पाठ्यपुस्तक नभएकोले विद्यार्थी भाईबैनीले पढ्न नपाएको गुनासो गरेका थिए ।

नेकपा (बहुमत)ले जनक शिक्षा सामाग्रीका हाकिमलाई कारबाही गरेको कुराले आफूहरु खुसी भएको र अब चाहीँ समयमा पाठ्यक्रम आइपुग्ने आशावादी भएको जानकारी बताए । उनले नेकपा(बहुमत) पाटर्ठीको अभियानलाई साथ र सहयोग गर्ने तामाङले वचन दिएका थिए ।

सो कार्यक्रमको सञ्चालन नेकपा (बहुमत)का जिल्ला संयोजक अञ्जानले गरेका थिए भने कार्यक्रममा युवा जनस्वयंसेवक नेपालका जिल्ला संयोजक भरत लगायतका सहभागी थिए ।