• आश्विन १३ २०८१, आईतवार

अण्डा नकोरलिँदासम्म चल्ला नगन

भाद्र २५ २०७९, शनिबार

एकजना किशोरी गरीब थिइन् । तर उनीभित्र असिमित आकांक्षाहरू थिए । तरूणवय आउँदै गर्दा उनी युवाहरूसँग हिमचिममा रमाउन थालिन् ।

उनले आफूले भोगिरहेको गरिबीको पीडा निकै महसुस गर्न थालिन् । यो गरिबीबाट कसरी उन्मुक्ति पाउने भन्ने कुराले उनलाई निकै पिरोल्न थाल्यो ।

उनी रूपमा सुन्दर थिइन् । तर गरिबीले उनलाई साथ दिएको थिएन । उनीमाथि धनी युवाहरूको आँखा परिरहन्थे । तर गरिबीका कारण उनलाई ती युवाहरूले धोखा पो दिने हुन् कि भन्ने आशंका उनमा बढ्दै गयो ।

तरूणवयले उनलाई झनु रूपवती बनाउँदै लग्यो । उनी लाली गुराँस झैं सबैको आँखामा पर्न थालिन् । तर उनको मनमा सधैं सताइरहेको कुरा थियो, गरिबी !

उनले आफूलाई मन परेको धनी युवासँग विवाह गरेर जीवन बिताउन पाए जिन्दगी सार्थक हुने थियो भनेर सोच्न थालिन् । उनको मनमा अनेकन कुराहरू खेल्न थाले ।

एक दिन उनी पनि धनी बन्ने सपना देख्न थालिन् । उनले आफ्नो गच्छेअनुसार धनी बन्न सक्ने सपनामा डुब्न थालिन् । यो उनको जीवनमा निकै ठूलो मोड ल्याउने सोच थियो ।

एक दिन उनले आफ्नो टाउकामाथि अण्डाको टोकरी राखेर बजारतिर जाँदै थिइन् । उनको मनमा एक जुक्ति फु¥यो । उनले त्यो अण्डा बेचेर कुखुरा किन्ने सोच गरिन् ।

कुखुरा किनेपछि माउ कुखुराले धेरै चल्ला निकाल्ने छ । धेरै चल्ला ठूला बनाएर बेचेपछि धेरै पैसा आउने छ । त्यो धेरै पैसाले उनले बाख्री किन्ने कुरा सोचिन् ।

बाख्रीले धेरै पाठापाठी पाउने छ । ती हुर्केर ठूला हुने छन् । बेचेर धेरै पैसा हुनेछ । त्यसले गाई किन्नेछु, त्यो गाईले धेरै दूध दिनेछ । त्यो दूध बेचेर म धनी हुनेछु र धनी युवासँग विवाह गरेर आनन्दको जीवन जिउनेछु ।

यति सोचिरहेको बेलामा उनको खुट्टा एउटा ढुंगामा ठेस लाग्न पुग्छ । उनले टाउकामा राखेको अण्डाको टोकरी खसेर अण्डा सबै फुट्छन् ।
उनको सोच चकनाचूर हुन्छ । उनी निकै बेर रून्छिन् । आफ्नो भाग्यलाई दोष दिन्छिन् ।

त्यसैले अण्डा नकोरलिँदासम्म चल्ल नगन ।

(प्रसिद्ध ग्रीक कथाकार इशपका नीतिकथाबाट)