• आश्विन १४ २०८१, सोमबार

मगर संघ सम्पर्क समन्वय समितिको महाधिवेसन काठमाडौंमा चल्दै

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको चौथो महाधिवेसन काठमाडौंमा चलिरहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको महाधिवेसनमा पूर्वसभामुख ओनसरी घर्ती, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर लगायत देशभरबाट मगर समुदायका विभिन्न तहका सहभागीहरु उपस्थित भएका छन् ।

महाधिवेसनको पूर्वसभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरीन् ।