काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झावले बेलायतकी महारानीको निधनको सन्दर्भमा केही महत्वपूर्ण कुरा सार्वजनिक गरेका छन् ।
हङकङका बारेमा आफ्नो आधिकारीक ट्वीट मार्फत् उनले बेलायतको मातहतमा रहेको हङकङ १०० वर्षपछि मुक्त भएको भन्दै बेलायती महारानी जस्ती देखिने महिलाले पंक्षीलाई चारो हालेझैं मानिसहरुलाई चारो हालेको दृश्य पनि सार्वजनिक गरेका छन् । चिनयाँ भाषामा उनले तल उल्लेखित कुराहरु पनि ट्वीटमा राखेका छन् ।
चिनियाँ भाषामा राखिएको सो सामग्रीलाई गुगलबाट नेपाली भाषामा अनुवाद गर्दा निम्न अनुसारको आसय भएको सामग्री बन्दछ । यदि सो दृश्यमा रहेकी महिला बेलायती महारानी नै हुन् भने उनको शासनमा उनीहरुको र जनताको शीवनशैलीमा आकाश र जमीनको फरक रहेको मान्नु पर्ने हुन्छ ।
प्रवक्ता झाव लेख्छन्,‘धेरै हङकङहरूले बेलायती औपनिवेशिक युगको याद गरेझैं रानीलाई पनि मिस गर्छन् । म तपाईंलाई दुईवटा कुरा भन्न चाहन्छु, बेलायती औपनिवेसिक कालमा, हङकङका जनतालाई रानीको बारेमा कुरा गर्न वा उनीहरूलाई गिरफ्तार गर्ने अनुमति थिएन । बेलायतले हङकङलाई १०० वर्षभन्दा बढी समयसम्म उपनिवेश बनाएको थियो र हङकङका जनतालाई कहिल्यै प्रजातन्त्र दिएको थिएन । बेलायती उपनिवेसवादको युगमा हङकङका मानिसहरूले मिस गरेका छन्, त्यहाँ तपाईंका पुर्खाहरू हुन सक्छन्, जसले मिठाई उठाएर खाइरहेका छन् । जसरी केही मानिसहरूले गणतन्त्र चीनलाई सधै सम्झन्छन् र उनीहरू फर्केर जाँदा उनीहरू लडाकु र महिला बन्नेछन् भन्ने सोच्छन्, तर उनीहरू भिखारी र शरणार्थी बन्ने उच्च सम्भावना छ ।’ केही समयअघि मात्रै चीनले हङकङ बेलायतबाट मुक्त भएको २५औं वर्षगाँठ मनाएको थियो ।
很多香港人怀念女王,就跟他们怀念英殖时代一样。我想告诉你们两件事:英殖时期港人不得妄议女王否则拘捕;英国殖民香港100多年从来没给香港人一丝一毫民主!香港人所怀念的英殖时代,下面捡糖吃的没准就有你们的祖辈!就跟有些人总怀念民国以为穿越回去会成为军阀贵妇,但是大概率成为乞丐流民一样。 pic.twitter.com/pMaG7i9MYj
— 夹夹有本???????????? (@Vxujianing) September 9, 2022