• फाल्गुन २६ २०८२, मंगलवार

दक्षिण कोरियाले उत्तर कोरियामाथी गरेको बायोकेमिकल आक्रमणको भ्रत्सना

भाद्र २३ २०७९, बिहीबार

काठमाडौं । अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले उत्तर कोरिया विरुद्ध दक्षिण कोरियाले गरेको अमानवीय बर्बरता र बायोकेमिकल आक्रमणको भ्रत्सर्ना गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सो संगठनले यस्तो आपत्ति जनाएको हो । संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी विज्ञप्तिमा दक्षिण कोरियाको बर्बरतापूर्ण कार्यको कडारुपमा भ्रत्सर्ना गरिएको छ ।

उत्तर काेरियाले गठन गरेको आपतकालीन महामारी रोकथाम मुख्यालयले सो घटनाको छानबिनका लागि समिति गठन गरेको थियो । विज्ञप्तिमा ‘ब्यारेक र आवासीय क्षेत्रबीचको पहाडमा दक्षिण कोरियाबाट आएको बेलुनले छरिएका वस्तुहरू क्रमशः १८ वर्षीय सैनिक र ५ वर्षीय बालकलाई छोएको समितिले जनाएको’ बताइएको छ ।

हालको दक्षिण कोरियाली सरकार यस विषयमा मौन रहनुले सो घटना दक्षिण कोरियाले योजनावद्द तरिकाले गरेको पुष्टि भएको केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियामा अप्रिल र जुन महिनाको बीचमा ३० भन्दा बढी ठूला बेलुनहरू, हजारौं पर्चा र फोहोर वस्तुहरू छरपस्ट गर्न अनुमति दिइएको थियो । दक्षिण कोरियाले प्रजातान्त्रिक गणतन्त्र कोरियासितको सिमानामा नयाँ पत्ता लागेको कोरोना भाइरसलाई त्यहाँ फैलाउन निर्देशन गरेको आरोप उत्तरले लगाएको छ ।

उत्तर कोरियाली अधिकारीहरूले दक्षिण कोरियाले Ipho-ri, Kumgang काउन्टी, र  Kangwon  प्रान्तमा सैन्य प्रतिष्ठानहरू नजिकै  BA.2 ओमिक्रोन स्ट्रेन फैलाएको दावी गरेका छन् ।

विज्ञप्तिमा केसीले भनेका छन्,‘हामी यी अपराध गर्नेहरूलाई कडा कारबाही गर्न पनि आग्रह गर्दछौं ताकि दक्षिण कोरियालीहरूले लोकतान्त्रिक जनगणतन्त्र दक्षिण कोरियाको क्षेत्रमा फोहोर सामानहरू फैलाउन नसकुन् ।’

केसीले कोरियाली प्रायद्वीपमा अन्तरकोरियाली सम्बन्ध, शान्ति, सुरक्षाको रक्षा गर्न र अपराधीहरूलाई तुरुन्तै सजाय दिनुपर्छ र दक्षिण कोरियाले उत्तर कोरियासित माफी माग्नु पर्नेमा जोड दिएका छन् । केसीले विज्ञप्तिमा उत्तर कोरियाले दक्षिण कोरिया विरुद्ध चलाएको अनुसन्धान अभियानमा समर्थन जनाएका छन् ।