• मंसिर १२ २०८१, बुधबार

सन्दीप लामिछानेलाई आजै निलम्बन गराइँदै

भाद्र २३ २०७९, बिहीबार

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।

क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।

सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।