वर्डफ्लुलाई अनौपचारिक चलनचल्तीको भाषामा एभियनफ्लू या बर्डफ्लू भनिन्छ । यो एक किसिमको इन्फ्लुएन्जा हो । यो चरा प्रजातिमा अभ्यस्त भाइरसबाट हुने रोग हो ।
अति घातक एभियन इन्फ्लुएन्जा प्रजाति अति उच्च जोखिम प्रजाति मानिन्छ । बर्डफ्लु, स्वाइन फ्लु, कुकुर फ्लु, घोडा फ्लु, मानव फ्लुजस्तै मिल्दोजुल्दो मानिन्छ ।
इन्फ्लुइन्जा प्रजाति कुनै खास पशुपंक्षी र मानवसँग अभ्यस्त भएको रूघाखोकीजन्य रोग मानिन्छ । तीन किसिमका इन्फ्लुुइन्जा भाइरस ए, बि, सीमध्ये इन्फ्ुइन्जा ए भाइरस जुनोटिक संक्रमण मानिन्छ ।
यसको प्राकृतिक आश्रयदाता मुख्य रूपमा चराचुरूङ्गी हुन्छन् । धेरै सन्दर्भ र उद्देश्यमा एभियन इन्फ्लुइन्जाको सन्दर्भ इन्फ्लुइन्जा ए भाइरससँग छ ।
यद्यपि इन्फ्लुएन्जा ए चराहरूसँग ग्रहणिता छन् तर पनि यो प्रजाति उपजातिको भाइरसस्थिर रूपमा ग्रहणित तथा दीगो रूपमा मानव व्यक्तिहरूमा प्रसारण हुन सक्तछ । सुंगुर प्रजाति मावन एभियन सुंगुर इन्फ्लुइन्जाबाट संक्रमित हुन सक्तछन् ।
यसले अनुवांशिक मिश्रण अनि घुलनमा सहयोग गर्छ । साथै, नयाँ भाइरसको सिर्जना गराउँछ । जस्तो, एन्टिजेनिक छलाङग भनिन्छ । यस्तो भाइरस जसको सिर्जना भएमा जनसमुदायमा यसप्रतिको रोग प्रतिरोध क्षमता कि त न्युन कि शुन्य हुनजान्छ ।
आज जनस्वास्थ्यकर्मीको विश्वव्यापी चिन्ता र चासो यतिले गर्दा हो । नत्र, कुखुराले हाछ्युँ गरिदिएमा के को कोकोहोलो गर्नु पर्ने थियो र ? एभियन इन्फ्लुइन्जा प्रजाति उपजातिलाई दुई प्रकारमा बाडिएको छ ।
तिनको रोग जनन क्षमताअनुसार उच्च जनन क्षमता भएको र न्युन जनन क्षमता भएको भनेर वर्गीकरण गरिएको छ । सबैभन्दा अत्याधिक जनन क्षमता भएको एभियन इन्फ्लुइन्जाको प्रजाति ‘एच ५ एन १’ पहिलो पटक सन् १९९६ मा चीनमा देखा परेको थियो ।
न्यून घातक रोग जनन क्षमताको प्रजाति भने उत्तरी अमेरिकामा फेला परेको प्राज्ञिक अभिलेख भेटिन्छ । सन् २०१३ र २०१७ को पूर्वार्धमा ९१६ प्रयोगशालाकृत ग्रस्त संक्रमित भएको प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई बुझाएको अभिलिखित छ ।
जनवरी २०१७ मा चीनको राष्ट्रिय स्वास्थ्य एवम् परिवार नियोजन आयोगले नोभेम्बर अन्तिमदेखि डिसेम्बर अन्तिम सम्म एच ७ एन ९ का १०६ बिरामी भएको घटना बाहिर ल्याएको थियो ।
यसमा ३५ को मृत्यु अनि ९ सम्भावनायुक्त अनि १०६ बिरामी मध्ये ८० जना जिउँदो कुखुरा बजारमा संलग्न भएको प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई दिएको तथ्यले मानवबाट मानवमा प्रसारण भएको भन्ने तर्फ इङ्गित गर्दछ ।
एभियन इन्फ्लुइन्जाको सुरू भएको सर्वाधिक तिथि इतिहासमा अभिलिखित भएअनुसार सन् १९७८ लाई मानिन्छ । यसलाई कुखुरामा हुने अत्याधिक मृत्यु रोगबाट विशिष्टकृत गरी छुट्याइयो । कुखुराको हैजा, जसमा सन् १९५० ताका आजको रानीखेत समाहित थियो ।
सन् १९५९ र १८९५ को बीचमा १५ वटा अभिलिखित एच.पी.ए.आई. कुखुरामा देखिएको तथ्य त भेटिन्छ । तर क्षति भने न्युन भएको थियो ।
तर १९९६ र २००८ को बीचमा एच.पी.ए.आई. देखिएको ११ घटना भए त्यसमध्ये ४ पटकको परिघटनामा करोडौं कुखुराहरू प्रभावित भए । सन १९९० तिर विश्वमा कुखुराको जनसंख्या विकासशील देशहरूमा ७६ प्रतिशतले बृद्धि भयो भने विकसित मुलुकमा २३ प्रतिशतले जसले एभियन इन्फ्लुइन्जा देखिनुमा ठुलो योगदान दियो ।
सन् १९९० भन्दा पहिले एच.पि.ए.आई. ले कुखुरामा उच्च मृत्यु गराए पनि संक्रमण फाट्टफुट्ट भएकाले सजिलै नियन्त्रण गर्न सकिएको थियो । यो रोगको महामारी सामान्य जस्तो हुनुमा कुखुराको जनसंख्याको बढी घनत्व हुनु अनि सघन कुखुराको पालनका कारण नियमित कुखुराको बथान ओसार पसार हुनु थियो ।
इन्फ्लुएन्जा ए÷एच ५ एन १ चीनमा १९९६ मा हाँसबाट संग्रहकृत सन् १९९७ मा प्रतिवेदनित गरिएको थियो, जुन अभिलिखित छ । सन् २००३ देखि हालसम्म ७०० भन्दा बढी मानवीय विरामी भएको मुख्यतया एसिया, अफ्रिका र युरोपमध्ये पूर्वका देशबाट विश्व स्वास्थ्य संगठनमा प्रतिवेदनित छ । यद्यपि विश्वका ६० मुलुक यसबाट प्रभवित छन् ।