• मंसिर १२ २०८१, बुधबार

धर्मोदय सभाको ७७औं साधारण सभा काठमाडौंमा सम्पन्न

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । बौद्ध धर्ममावलम्बीहरुको साझा संगठन धर्मोदय सभाको ७७औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

अतिथिको तर्फबाट बोल्दै मन्त्री श्रेष्ठले बौद्ध धर्मले नेपालमा मात्र नभई संसारमै शान्ति स्थापनाका लागि महत्वपूणर् भूमिका खेलेको बताए ।

कार्यकारिणी सभाको बैठकले अध्यक्ष निर्वाचित गर्नेछ भने साधारणले ७ उपाध्यक्ष निर्वाचित गरेको छ । निर्वाचित हुने उपाध्यक्षहरुमा इन्द्रबहादुर गुरुङ, पदम ज्योती, डा.केशवमान शाक्य, नरबहादुर गुरुङ, त्रिरत्न तुलाधर, सुचितमान शाक्य र प्रेमहिरा तुलाधर रहेका छन् ।

त्यस्तै सभाको महासचिवमा सागरमान बज्राचार्य र सचिवमा अशोकानन्द बज्राचार्य निर्वाचित भएका छन् । यसैगरी सभाले कोषाध्यक्षमा नाम्ग्याल श्रेष्ठ र सहकोषाध्यक्षमा सिद्धिदास सायमीलाई निर्वाचित गरेको छ ।

यसैगरी सभाले अच्युतानन्द बज्राचार्य, अरुणकुमार बज्राचार्य, निर्मला कंशाकार, चुडादेवसिंह लामा, गमप्रसाद गुरुङ, शान्तारत्न बज्राचार्य र मुनिन्द्ररत्न बज्राचार्यलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।

त्यसैगरी सभाले रघुवर चौधरी, महेशकुमार चौधरी, हीराबहादुर तामाङ, चन्द्रकुमारी गुरुङ, संजीव तामाङ र गौरव गुरुङलाई सभाको प्रदेश सदस्यमा निर्वाचित गरेको छ ।