• मंसिर १२ २०८१, बुधबार

केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दियो २५६ रनको लक्ष्य

भाद्र २० २०७९, सोमबार

घरेलु टोली केन्याले अन्तिम एक दिवसीयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २५६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स ओवियले ८४ रनको अर्धशतकीय पारी खेले । १११ बल खेलका उनले ७ चौका र २ छक्का प्रहार गरे

त्यस्तै लुकास डानडसनले ५९ रनको अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । केन्याका सुकदीप सिंहले ३७ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए ।

त्यस्तै बसिर अहमद र साहव आलमले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने योजनामा छ । तीन खेलको एकदिवसीय सिरिजमा नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ ।

यता केन्या भने आजको खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप हुनबाट जोगिन चाहन्छ ।